Media Network

राजेश हमालले मनाए आफ्नो ५८ औं जन्मदिन


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाएका छन् ।

जन्मदिनको अवसरमा हमालले आफू अभिनित नयाँ म्युजीक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरेका छन् ।झक्तपुरको ससुराली रेष्टुरेन्टमा पत्रकार भेटघाट सँगै गीतको सार्वजनिक गर्दै म्युजीक भिडियो टिमको तर्फबाट केक काटेका थिए ।

कार्यक्रममा ससुराली रेष्टुरेन्टको तर्फबाट पोष्टरमा अभिनेता हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो । त्यसै प्रसंगमा सञ्चारकर्मिले आज तपाईको कतिऔं जन्मदिन भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘म जब १८ बर्ष पुगेको थिएँ त्यो समयदेखी उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’







Share:
Reaction :
ताजा समाचार
खेलकुद