Media Network

रिलमा जस्तै पल र प्रहरी चोर पुलिसको खेलमा,प्रहरीको ५ टोली फिल्डमा


खबरस्टोरी संवाददाता

१३ फाल्गुन २०७८,शुक्रबार

काठमाडौ । नाबालिका माथि जबरजस्ती करणीको आरोप लागेका मोडल तथा अभिनेता पल शाहलाई पक्राउ गर्न यतिबेला प्रहरीको जम्बो टोली परिचालन गरिएको छ ।

जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको पलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँ गरि ५ टोली परिचालन गरिएको छ । मोबाईल फोन ट्रेसिङ देखि लिएर नजिकका सबैसँग सोधपुछ सहितको अनुसन्धान जारी छ । फिल्ममा जस्तै पल र प्रहरी एकआपसमा लुकाछिपीको खेलमा छन्,अनुसन्धानमा खटिएको प्रहरीको टोलीले पललाई पक्रन हरतरहको प्रयास गरिरहेको छ ।प्रहरीका अनुसार उनी काठमाडौंमा लुकिछिपी हिँडिरहेका छन् । उनको मोबाइल फोन पनि स्वीज अफ छ।

प्रहरीमा परेको जाहेरीसँगै उनले उक्त काण्डमा आफ्नै इन्डस्ट्रिज भित्रका साथीभाइले फसाएको भन्दै फरार रहेकै अवस्थामा उनले अडियो फुटेजसहित कलाकार दुर्गेस थापा, सरोज ओली आफ्नै सेक्रेटरी कृष्ण र सम्राट चौलागाई लगायतलाई जोेडेर काण्डमा संम्लग्न भएको पुष्टि गरेका थिए । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद