रनवीर कपुरसँग फिल्म ‘एनिमल’मा काम गर्दै विपिन कार्की


खबरस्टोरी संवाददाता
२८ पुष २०७८, बुधबार
रनवीर कपुरसँग फिल्म ‘एनिमल’मा काम गर्दै विपिन कार्की

काठमाडौँ। अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् ।  फिल्म एनिमलको मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनयको बिषयमा आफ्नो कुरो पक्की भएको अभिनेता विपिनले बताएका हुन् ।

‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ’ विपिनले भने ‘सुटिङ जुलाई तथा अगष्टमा भनिएको छ । काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको छैन विपिनले भने । 

सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ मा रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडा लगायतको अभिनय रहनेछ ।