Media Network

रनवीर कपुरसँग फिल्म ‘एनिमल’मा काम गर्दै विपिन कार्की


खबरस्टोरी संवाददाता

२८ पुष २०७८,बुधबार

काठमाडौँ। अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् ।  फिल्म एनिमलको मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनयको बिषयमा आफ्नो कुरो पक्की भएको अभिनेता विपिनले बताएका हुन् ।

‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ’ विपिनले भने ‘सुटिङ जुलाई तथा अगष्टमा भनिएको छ । काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको छैन विपिनले भने । 

सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ मा रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडा लगायतको अभिनय रहनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद