Media Network

राप्रपा महामन्त्रीमा हारिन् रेखा थापा


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।

थापाले एकहजार ६४७ मत ल्याउँदा विजेता शाहीले २ हजार ८ मत पाएकी थिइन् । थापाले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी थिइन्। शाहीले भने पराजित कमल थापाको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी थिइन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद