राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानमा स्ट्राइकर नवयुग श्रेष्ठ नियुक्त भएका छन् । चीनमा आयोजना हुने एसियन कप छनोटको प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले १० जना खेलाडीलाई लिएर एसियन कप छनोटका लागि राष्ट्रिय टिमको घोषणा गरेका थिए ।

हालका कप्तान किरण चेम्जोङले निकालिएका खेलाडीको समर्थनमा अभिव्यक्ति दिएपछि उनको स्थान नवयुगले पाएका छन् ।किरणसहित १० खेलाडीलाई टिम बाहिर राख्दै प्रशिक्षक अल्मुताइरीले उक्त टिमलाई एएफसी कप छनोटअघि प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने क्रममा आज बिदाइ गरिएको हो ।