पहिलो लेगमा ३–१ गोल अन्तरले अघि रहेको रियल मड्रिड समग्रमा ५–४ को नतिजाका साथ अन्तिम चारमा प्रवेश गरेको हो ।
च्याम्पियन्स लिगको गएरातीको अर्को खेलमा भिल्ला रियल र बायर्न म्यूनिख एक एक गोलको बराबरी खेलेका छन् । दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोक्दै स्पेनिस क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति १–१ को बराबरीमा खेल सकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० अन्तरले पराजित गरेको थियो ।