Media Network

रियल म्याड्रिड छोड्दै मार्सेलो


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौँ । ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले रियल म्याड्रिड छोड्ने भएका छन् । 

३४ बर्षिय मार्सेलोले रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेपछि आफुले क्लब छोड्ने बताएका हुन् । लिभरपुलविरुद्ध रियल म्याड्रिडले १–० ले जितेको च्याम्पियन्स लिग फाइनलमा मार्सेलो भने बेन्चमै थिए । तर रियल म्याड्रिडको कप्तानको रुपमा मार्सेलोले नै ट्रफी उचालेका थिए ।

मार्सेलो २००६ देखि रियल म्याड्रिडबाट खेलिरहेका मार्सेलो क्लबमा आफ्नो लगभग पुरै क्यारियर बिताएका छन् । उनको रियलमा सम्झौता यहि जुनमा सकिन लागेको र रियल म्याड्रिडले सम्झौता नविकरण नगर्ने भएपछि उनी अब अन्यत्रबाट खेल्ने भएका हुन् ।

च्याम्पियन्स लिग जितेपछि उनले भने– ’ यो रियल म्याड्रिडमा मेरो अन्तिम खेल थियो । आज दुखि हुने दिन होइन । म निकै खुशी छु । मैले रियलमा धेरै स्मरणीय क्षणहरु बिताएको छु ।’

रियल म्याड्रिडबाट १६ सिजन खेलेका मार्सेलोले २५ अफिसियल उपाधि जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग, ६ ला लिगा उपाधि, ३ युरोपियन सुपर कप, २ कोपा डेल रे, ५ स्पेनिस सुपर कप र ४ क्लब विश्वकप रहेका छन् । रियल म्याड्रिडका लागि १६ सिजनमा ५४६ खेल खेलेका छन् भने ३८ गोल पनि गरेका छन् ।



 


Share:
Reaction :
ताजा समाचार
खेलकुद