साफ च्याम्पियनसिप : पहिलोपटक फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै


खबरस्टोरी संवाददाता
२७ आश्विन २०७८, बुधबार
साफ च्याम्पियनसिप : पहिलोपटक फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै


काठमाडौं । माल्दिभ्समा जारी १३ औं  साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज (बुधबार) नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।  सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा फाइनल प्रवेश गर्नेछ।

समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ बंगलादेशसँगको खेलमा हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ। जित्यो भने नेपाल ९ अंकका साथ फाइनल प्रवेश गर्नेछ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको छैन । हालसम्म तेस्रो स्थानभन्दा माथिल्लो उपलब्धि नेपालले हासिल गर्न सकेको छैन। यसपटक भने नेपाल फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।