Media Network

साफ यू-१९ महिला च्याम्पियनसिप : नेपाल भूटानसँग खेल्दै, शीर्ष दुई भारत र बंगलादेश पनि भिड्दै


खबरस्टोरी संवाददाता

२ पुष २०७८,शुक्रबार

काठमाडौँ।  आज (शुक्रबार) बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भूटानसँग खेल्दैछ। 

२ खेलमा ४ अंक भएको नेपाललाई शीर्ष दुईमा स्थान बनाउने सम्भावना कायम राख्न यो खेलमा जीतको विकल्प छैन। दुई खेलबाट ६ अंक भएको भारत पहिलो र दुई खेलबाट ४ अंक भएको बंगलादेश दोस्रो स्थानमा छ।

पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलले हराएको थियो। नेपाल र भूटानबीचको खेल नेपाली समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। 

त्यस्तै शुक्रबार नै हुने अर्को खेलमा भारत र बंगलादेश भिड्ने छन्। यो खेल दिउँसो ३ बजे सुरु हुनेछ। पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले हराएको भारतले दोस्रो खेलमा भूटानलाई ३-० गोलले हराएको थियो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद