सागकी स्वर्ण विजेता सन्जु झुन्डिएको अवस्थामा फेला


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
सागकी स्वर्ण विजेता सन्जु झुन्डिएको अवस्थामा फेला
काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी झुन्डिएको अवस्थामा फेला परेकी छिन् । 

ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।ललितपुर प्रहरी परिसरका अनुसार सन्जुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

उनी सोमबार प्रशिक्षक महर्जनको घरमा भोज खाएर त्यहीँ बसेकी थिइन्। तर उनी मंगलबार बिहान झुन्डिएको अवस्थामा भेटिएकी हुन्। 

नेपालमा भएको सागमा सन्जुले महिला ५९ केजी तौल समूहतर्फ श्रीलंकन खेलाडीलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी थिइन्।