Media Network

सगरमाथामा गायक राजु लामाको एकल सांगितिक कार्यक्रम


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौ । गायक राजु लामाले सगरमाथाको ६ हजार ५७४ मिटरको उचाइमा एकल सांगितिक कार्यक्रम गरेका छन् । 

लामाले सामाजिक संजालमार्फत सांगितिक कार्यक्रम गर्न सफल भएको जानकारी दिएका छन् । गत २७ चैत्रबाट सगरमाथा आरोहण सुरु गरेका लामाले ‘त्यो उचाइमा कार्यक्रम गर्न सहज थिएन । चुनौती स्वीकार्यौ’ लेखेका छन् ‘सम्भवत यो सबैभन्दा उचाइमा गरिएको कन्सर्ट हो ।’ उनले जलवायु परिवर्तन र त्यसले विश्वभरका पार्ने प्रभावको सन्देश दिन कन्सर्ट गरेको समेत बताएका छन् ।

कन्सर्ट सकाएर उनी अहिले सगरमाथा आरोहणतिर लागेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद