Media Network

सोहिल खान भन्छन्, सगरमाथा हेरेर फर्कन्छु


खबरस्टोरी संवाददाता

१ बैशाख २०७९,बिहीबार

काठमाडौं । बलिउड अभिनेता सोहिल खानले आफू सगरमाथा हेरेरै फर्कने बताएका छन् । 

सलमान खानका भाइ सोहिलले ४० वर्षअघि पहिलोपटक नेपाल आएको स्मरण गर्दै सानैदेखि सगरमाथा चढ्ने रहर यसपटक पूरा गर्ने बताए । बिहीबार काठमाडौंस्थित सोल्टीमा भएको ‘दबङ टुर रिलोडेड’को पत्रकार सम्मेलनमा उनले आफू पहिलोपटक ९–१० कक्षा हुँदा विद्यालयको टुरका क्रममा नेपाल आएको बताए  ।

उनले भने, “बाल्यकालमा सगरमाथा यति नजिकबाट हेर्न सकिन्न त्यसका लागि टाढा जानुपर्छ भन्ने थाहै भएन । अब ४० वर्षपछि फर्किएको छु । योपटक त सगरमाथा हेरेरै जान्छु ।”सोहिल खान इन्टरटेन्मेन्टको निर्देशनमा दबङ टुर रिलोडेडको आयोजना हुन लागेको हो । नेपालमा यसलाई ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपले आयोजना गर्दै छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद