Media Network

सुहानामा बाबु तथा निर्माता थापाको ओपन–हार्ट सर्जरी


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौ । पछिल्लो समयमा सफल मानिएको चलचित्र  ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाको हर्टको अपरेशन गरिएको छ । 

मंगलवार विहान ९ बजे काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा डा. भगवान कोइरालाको टोलीले निर्माता थापाको ओपन–हार्ट सर्जरी गरेको थियो । पिताको मुटुको अपरेशन सफल भएको खुशी अभिनेत्री सुहाना थापाले सोसल मिडियामार्फत् साटेकी छन् ।

 डाक्टरको टोली र भगवान कृष्णलाई धन्यवाद दिँदै सुहानाले फेसबुकमा लेखेकी छन्, ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ । समय अघोषित रूपमा  आउँछ र अप्रत्याशित हुन्छ । त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी समात्ने प्रमुख व्यक्तिहरू हुन्छन् । बुबा छिट्टै निको हुनुहोस्, तपाईंलाई अंकमाल गर्न म प्रतिक्षा गर्न सक्दिनँ ।’ उनले डा. कोइरालासँग खिचेको तस्विर पनि पोस्ट गरेकी छन् । 

 निर्माता सुनिल कुमार थापाको मुटुमा प्वाला परेको थियो । उनको बच्चामा नै मुटुमा प्वाल देखिएको थियो । तर, ठूलो हुँदै गएपछि प्वाल पुरिँदै जाने चिकित्सकको सल्लाहमा उनले सर्जरी गरेका थिएन् । तर, अहिले पनि मुटुमा प्वाल देखिएपछि निर्माता थापाले सर्जरी गरेका हुन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद