सुजिता,दिपेश र श्रीयम अभिनित ‘तिम्रो साथ’ सार्वजनिक


खबरस्टोरी संवाददाता
२५ चैत्र २०७८, शुक्रबार
सुजिता,दिपेश र श्रीयम अभिनित ‘तिम्रो  साथ’ सार्वजनिक
काठमाडौं। लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश ‘तिम्रो  साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सेन्टिमेन्टल भर्सनको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ । यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन् । गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ । 

साथ छुट्ला भन्ने डरले आफ्नो शाररिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ । राम केसीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । नेपाली मेलोडिज नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । 

भिडियो