Media Network

सलमानको हातमा निर्मलको बायोग्राफी


खबरस्टोरी संवाददाता

१४ माघ २०७८,शुक्रबार

काठमाडौं ।बलिउड अभिनेता सलमान खानलाई कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गरेका छन् ।संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका म्याग्दीका निर्मलले आफ्नो जीवनी बारेको पुस्तक हस्तान्तरण गर्दै इन्स्टाग्राममा लेखेका छन्, ‘सलमान भाइसँगै आनन्ददायक भेटघाट रह्यो । मेरो देशमा चाँडै भेट हुनेछ ।’

निर्मल पछिल्लो समय नेटफिल्क्सको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’बाट चर्चित बनेका छन् ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद