Media Network

समिक्षाको प्रष्टीकरण : पल शाहसँग अनैतिक सम्बन्ध छैन, चरित्र हत्या गर्न खोजिदै छ


खबरस्टोरी संवाददाता

७ कार्तिक २०७८,आईतवार

 काठमाडौँ। अन्ततः गायिका समिक्षा अधिकारीले पछिल्लो समय नायक पल शाहसंग जोडिएर आएका समाचारहरुबारे आफ्नो मुख खोलेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाई राख्दै उनले आफूहरू एउटै ‘इन्डस्ट्री’ मा भएको तथा पल आफ्नो अभिभावक भएको उल्लेख गर्दै आफूहरूबिचमा कुनै अनैतिक सम्बन्ध नरहेको उल्लेख गरेकी छिन्। 

चरित्र हत्या गर्न खोजिदै छ

उनले शाहसँगको सम्बन्धका बारेमा तोडमोड गरेर तुच्छ कुराहरू मिडियामा ल्याई अफवाहको रूपमा फैलाउँदा नायक शाह र आफूलाई सामाजिक र चारित्रिक रूपमा निकै असर गरेको बताउँदै यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन्। 

उनले कसैको व्यक्तिगत जीवनमा आँच आउने, मान हानी हुने तथा चरित्रहत्या गर्ने खालका समाचार नबनाउन पत्रकारहरूलाई अनुरोध गर्दै मिडियामा आएका कुरामा आफू र आफ्नो परिवारले खेद प्रकट गरेको बताएकी छिन्।

पल र समीक्षाले कुनै एउटा अन्तरवार्तामा बोलेका कुराको ‘कट आउट’ हरू मिलाएर उनीहरूबीच प्रेम सम्बन्ध रहेको देखाउने ‘क्लिप’ हरू सामाजिक सञ्जालमा भाइरल भैरहँदा समीक्षाले फेसबुकमा यस्तो स्ट्याटस लेखेकी छिन्।

 

समीक्षाको स्ट्याटस

नमस्कार

मलाई समिक्षा अधिकारी बनाउनुहुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जिको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मेडियामा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथसाथै पल जिको क्यारिअर माथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिराको छन्।

यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पु¥याएको छ। यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ।

एउटै इण्डस्ट्रीजमा भएको हिसाबले पल जिले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ। मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाँको सदैव फ्यान पनि हुँ। र हामीबिच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेएको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरुको माया रहेसम्म सधैँ राम्रो काम गरिरहने छाैँ।

राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन।

म जे छु जहाँ छु यो सब मेरा भगवानरुपी दर्शक श्रोता को देन हो र  हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचारहरुपति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्यूहरुलाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्तिगत जिवनमा आँच आउने मान हानी तथा चरित्रहिन हुने किसिमको समाचार नबनाउनु होला।

सबैलाई धेरै धेरै माया

Share:
Reaction :
ताजा समाचार
खेलकुद