Media Network

साम्राज्ञीको बोल्ड अवतार


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् । पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मिडियाबाट गुमनाम छिन्। उनी ड्रिम्स चलचित्रबाट फिल्म उद्योगमा प्रवेश गरेकी हुन् । उनले अभिनय गरेका चलचित्रमा उनको भुमिकाको निकै राम्रै प्रशंसा गरिन्छ ।

सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा जन्मिएकी सम्राज्ञी एक समय निकै महंगी नायिकाको रुपमा परिचित थिइन् ।

आफ्नै दुनियाँमा मस्त साम्राज्ञी अहिले प्रेमको उडान भरिरहेकी छन्।​ ​केही समयदेखि एक युवकसँग प्रेममा रहेकी साम्राज्ञी डेटमा रमाइरहेकी छन्। 

उनले सामाजिक सञ्जालमा आफ्ना प्यानहरुलाई तस्बिर शेयर गरिरहेकी हुन्छिन् । केही दिन अघि उनले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर पोस्ट गरेकी छन्। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद