Media Network

सेनेगलका डिफेन्डर कालिडो चेल्सीमा अनुबन्ध


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौं । सेनेगलका डिफेन्डर कालिडो कौलीबालीलाई चेल्सीले चार वर्षको सम्झौतामा अनुबन्ध गर्ने तयारी गरेको छ । ३१ वर्षीय कालिडोले संयुक्त राज्यको भ्रमणपछि चेल्सीमा अनुबन्धका लागि सम्झौता गर्नेछन् । 

धेरै प्रिमियर लिग क्लबहरूबाट खेलका कौलिबालीले २०१४ मा जेन्कबाट नापोलीमा सामेल भएका थिए । इटालियन शीर्ष–उडान टोलीका लागि उनले ३१७ खेल खेलेका थिए । 

यस्तै, चेल्सीले म्यानचेस्टर सिटीको सेन्टर ब्याक नाथन एकेलाई पनि आफ्नो क्लवमा भित्र्याउन आतुर छ ।

यस्तै, म्यानचेस्टर सिटीका विंगर रहिम स्टर्लिङ चेल्सीमा अनुबन्ध भएका छन् । 

इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बुधबार चेल्सी अनुबन्ध भएको जनाएको छ । इंग्ल्याण्डका फरवार्ड स्टर्लिङलाई म्यानचेस्टर सिटीबाट ५० मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए । 

चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय विंगर सम्झौता एक वर्ष बाँकी रहदै चेल्सी पुगेका हुन् । सन् २०१५ मा स्ट्रर्लिङ लिभरपुलबाट सिटी आएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद