Media Network

सन्दीप आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा


खबरस्टोरी संवाददाता

२१ आश्विन २०७८,बिहीबार

काठमाडौं । नेपालका सन्दीप लामिछाने आईसीसी प्लेअर अफ दी मन्थको मनोनयनमा परेका छन् ।

नेपालका सन्दीप लामिछाने आईसीसीले बुधबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा परेका हुन् । 
प्लेयर अफ दी मन्थका लागि बुधबारदेखि नै भोटिङ सुरु भएको छ।

सन्दीपले ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले ओमानमा भएको खेलमा ६ खेल खेल्दै १८ विकेट लिएका थिए । सन्दीपसँगै अमेरिकाका जसकरण मलहोत्रा र बंगलादेशका नसुम अहमद पनि सेप्टेम्बर महिनाको आईसी प्लेयर अफ दी मन्थको मनोनयमा परेका छन् ।
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद