शनिबार जारी पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा सन्दीपले ५० विकेट पूरा गरेका हुन् । सन्दीपले २२ खेलमा ५० विकेट लिएका छन् । त्यस्तै ओडिआई क्रिकेट इतिहासमा भने सर्वाधिक छिटो ५० विकेट पुरा गर्ने श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा पुरा गरेका थिए ।