काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विदेशी खेलाडीको कोटामा अनुबन्ध भएका छन् । श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल)को ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेसँगै लंका प्रिमियर लिग टी ट्वान्टी क्रिकेट खेल्ने भएका हुन् ।
सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको छ । एलपीएल आगामी जुलाई ३१ बाट सुरु हुँदैछ । प्रतियोगितामा पाँच टोलीले प्रतिष्पर्धा गर्नेछ ।