काठमाडौं । स्पेनिश ला लिगाको फाइनल यात्रामा अघि बढेको बार्सिलोना १६ औं स्थानमा रहेको काडिजसँग पराजित भएको छ । सोमबार राति काडिजका लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो ।
भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । काडिज तीन अंक जोड्दै १६ औं स्थानमा उक्लिएको छ । पराजित बार्सिलोनामा भने लिगको ३१ खेलमा ६० अंक सहित दोस्रो स्थानमा छ । रियल मड्रिड ३२ खेलमा ७५ अंकका साथ शीर्ष स्थानमा छ ।