पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा नै तीन गोल गर्यो । दोस्रो हाफमा खेलको ५५ औं मिनेटमा कप्तान करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए ।
कप्तान करिम बेन्जेमाले अरु दुई गोल थपेसँगै रियलले ३–०ले विजयी भयो । रियालका लागि कप्तान बेन्जेमाले खेलको ७७ औं मिनेटमा र ८२ औं मिनेटमा गोल गरेका थिए । बेन्जेमाको ब्यक्तिगत दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए ।
जितसँगै शीर्षस्थानमा रियलले १० अंकको अग्रता लिँदै अंक दूरी बढाएको छ । रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । समान खेलमा दोस्रो स्थानको रहेको सेभियाको ५६ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ५१ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने एटलेटिको मड्रिडको २८ खेलबाट ५१ अंक नै जोडेको छ ।