५२औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा यानिकले पुनः गोल गर्दा एथ्लेटिको महत्त्वपूर्ण तीन अंक जोड्यो ।
यसअघि खेलको ७१औँ मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६० अंक जोड्दै चौथो स्थानमा छ । स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।
अर्को खेलमा रियलले सेभियालाई ३–२ अन्तरले पराजित ग¥यो । घरेलु मैदानमा सेभियाले २–० को अग्रता बनाए पनि अग्रता जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो ।
रियलको जितमा रोड्रीगो, नाचो फर्नान्डेज र करिम बेन्जेमाले १–१ गोल गरे । सेभियाको लागि इभान राकिटिक र एरिक लमेलाले १–१ गोल गरे ।
जितपछि रियल ३२ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमा छ । सेभिया भने समान खेलबाट ६० अंकसहित तेस्रो स्थानमा छ ।
ला लिगाको आइतबार रातीकै अर्को खेलमा लेभान्टेले ग्रानाडालाई ४–१ गोल अन्तरले पराजित गर्दा सेल्टा भिगोेले एथ विल्बाओलाई २–० ले पराजित गरेको छ ।