काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडले घरेलु मैदानमा गएराती गेटाफेलाई २–० ले हराएको छ । जितसँगै रियल म्याड्रिडले १२ अंकको अग्रता बनाएको छ । रियल मड्रिडका लागि क्यासमिरोले पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाए । दोस्रो हाफको ६८ औं मिनेटमा लुकास भास्क्वेजले अर्को गोल थपे ।
स्पेनिस लागिगामा रियल मड्रिडले ३१ खेलबाट ७२ अंक जोडेको छ भने दोस्रो स्थानको सेभिल्लाको ६० अंक छ । दुई खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ तेस्रो स्थानमा छ भने ३१ खेल खेलेको एटलेटिको मड्रिड समान अंकका साथ चौंथो स्थानमा छ ।
गएराती रियल मड्रिडसँग पराजित गेटाफे ३२ अंकका साथ १४ औं स्थानमा रहेको छ ।