बुधबार रातीको खेलमा उत्कृष्ट लयमा रहेका बेन्जेमाले दोस्रो हाफमा १० मिनेटको अन्तरमा पाएको दुई पेनाल्टी सदुपयोग गर्न सकेनन् । बेन्जेमा दोस्रो हाफको ५१औं र ५९ औं मिनेटमा दुई पेनाल्टी गर्न चुके । उनको दुबै प्रहार ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाएका थिए ।
डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजको गोलमा रियलले महत्वपूर्ण तीन अंक हात पा¥यो । ओसासुनाका एन्टि बुडिमिरले सान्त्वना गोल गरे ।
दोस्रो स्थानको एट्लेटिको मड्रिडको ६१ अंक तथा तेस्रो स्थानको बार्सिलोनाको ६० अंक छ ।