स्थानीयस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै मन्त्री गहतराजले देशभरका सबै खेल प्रशिक्षहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
उनले सातै प्रदेशमा यस प्रकारको तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन समेत दिए ।
निकट भविष्यमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको तयारी भइरहेको जानकारी दिदैं त्यसको तयारीमा लाग्न समेत मन्त्री गहतराजले प्रशिक्षकहरुलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टि डोपिङ सम्बन्धि प्रशिक्षण समेत आवश्यक रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा सात दिनसम्म संचालित क्षमता अभिबृद्धि तालिममा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुनबहादुर विकले जानकारी दिए ।