Media Network

स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले मागे माफी


खबरस्टोरी संवाददाता

१९ पुष २०७८,सोमबार

काठमाडौँ।  गायक राजेश पायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको थियो। 

अमेरिकामा रहेका ससाङ लामाले सामाजिक सञ्जाल फेसबुकबाट सो कुराको जानकारी दिँदै गायक राईले पनि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पालाई माफी दिएको जिकिर गरेका छन् । लामाका अनुसार हिमाली संस्कार अनुसार शेर्पाले ‘बिजुली पानी’ (रक्सी) राखेर ‘शिर उभाउनी’ गरेर माफी मागेका थिए । लामाले सो विवाद सल्टिएको र गायक राई न्युयोर्कमा रमाइलो गरिरहेको पनि बताएका छन् ।

लामाले फेसबुकमा लेखेका छन् : शिर उभाउनी ! रिसको आवेगमा 'तँलाई म नमारी छोड्दिन' भन्छन् | तर मारी त हाल्दैन नि ! त्यस्तै राजेश पायल राईको कन्सर्टमा, स्टेजैमा चढी पासाङ दावा शेर्पाले राजेशलाई अभद्र व्यवहार गरे, जसको उनलाई पछुतो भयो र रक्सी र खादा लागि 'शिर उभाउनी' गरेर माफी मागे| हाम्रो हिमाली संस्कार र किराँती संस्कारमा बिजुली-पानी राखेर माफी मागी सकेपछि खुला हृदयले माफी दिन्छन् | परापूर्वकाल देखि नै हाम्रा पुर्खाहरूले झगडा रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन् | अब आगो माथि घिउ थप्ने काम नगरौँ ! 

त्यस्तै राईले पनि त शेर्पासँगैको एक भिडियो सेयर गर्दै माफी दिएको बताएका हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद