Media Network

साउथ स्टार पुनीत राजकुमारको निधन


खबरस्टोरी संवाददाता

१२ कार्तिक २०७८,शुक्रबार

काठमाडौँ। सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार  पुनीत राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातका कारण शुक्रबार निधन भएको छ ।

आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् ।

अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए । पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राजकुमारका छोरा हुन् ।

उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् ।  पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद