Media Network

‘शमशेरा’को पोस्टर सार्वजनिक, यस्तो देखिए रणवीर कपुर


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर अभिनीत नयाँ चलचित्र ‘शमशेरा’को पोस्टर ‘सार्वजनिक’ भएको छ । सञ्जय दत्त, वाणी कपुर र रणवीरको मुख्य भूमिका रहेको चलचित्रको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमा ‘लिक’ भएको हो ।

यो यशराज फिल्म्सको महत्त्वाकांक्षी पिरियड ड्रामा हो । उक्त पोस्टरमा रणवीर लामो कपाल र दाह्रीसहित एक योद्धाका रूपमा बिलकुलै फरक रुपमा देखिएका छन् ।

करण मल्होत्राको निर्देशन रहेको शमशेरा आउँदो जुलाई २२ तारिखमा रिलिज हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद