कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव पाँच ओभरमा मात्र दुई विकेटको क्षतिमा भेट्यायो । मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, कप्तान अहमद फैजले ४३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६३ रनको योगदान दिए भने जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोडे । विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाएका थिए ।
बलिङतर्फ पपुवा न्यू गिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक÷एक विकेट लिए ।
जवाफी व्याटिङ गर्ने क्रममा पपुवा न्युगिनीका लागि टोनी उराले ३४ बल खेल्दै १० छक्का र दुई चौकाको मद्दतमा नटआउट ८६ तथा कप्तान असाद भालाले ५१ बलको सामना गर्दै एक छक्का र आठ चौका नटआउट ७४ रन बनाए । बलिङतर्फ मलेसियाका फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले एक एक विकेट लिएका थिए ।
यसअघि नै फाइनल प्रवेश गरिसकेको नेपालले शनिवार मलेसियासँग खेल्नेछ । जारी सिरिजमा नेपालले अहिलेसम्मका तीनै वटा खेले जितेको छ ।