Media Network

टी-ट्वान्टी विश्वकप : पाकिस्तान र न्यूजिल्याण्ड तथा दक्षिण अफ्रिका र वेष्ट इन्डिज भिड्दै


खबरस्टोरी संवाददाता

९ कार्तिक २०७८,मंगलवार

काठमाडौं । यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमाआज (मंगलबार) दुई खेलहरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा दक्षिण अफ्रीका र वेस्ट इन्डिज भिड्दै छन् । दुबईमा हुने दक्षिण अफ्रीका र वेस्ट इन्डिजबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जित हात पार्ने दाउमा हुनेछन् ।

त्यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । सारजाहमा हुने पाकिस्तान र न्युजिल्याण्डबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद