Media Network

टी–२० विश्वकप छनोट सेमिफाइनल ः१७६ रनको भारी लक्ष्यका साथ जित्नैपर्ने दबाबमा नेपाल


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

  काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोटको पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ल नेपाललाई १७६ रनको भारी लक्ष्य दिएको छ। 

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो।नेपालका लागि जितेन्द्र मुखियाले दोस्रो ओभरको चौथो बलमा युएईका ओपनर चिराग सुरीलाई ४ रनमै बोल्ड गरेका थिए।नेपालको घरेलु लिग पोखरा प्रिमिपर लिग (पीपीएल)समेत खेलिसकेका सुरुले विश्वकप छनोट अगाडि भएकोओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चार देशिय टी–२० आई सिरिजमा उच्च प्रदर्शन गरेका थिए। ब्याटर वृत्य अरविन्दले उत्कृष्ठ ब्याटिङ गर्न सफल भएका थिए ।

१९ वर्षीय विकेटकिपर अरविन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको आक्रमक इनिङ्स खेले। उनलाई कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको तेस्रो बलमा बोल्ड गरेका थिए ।











Share:
Reaction :
ताजा समाचार
खेलकुद