Media Network

टी–२० विश्वकप क्रिकेट : फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै


खबरस्टोरी संवाददाता

२४ कार्तिक २०७८,बुधबार

आइसिसी टी–२० विश्वकप क्रिकेट २०२१ अन्तर्गत आज (बुधबार) पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । ओईन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । त्यस्तै केन विलियम्यसनको कप्तानीमा रहेको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने सोचमा छ । 

साढे दुई वर्षअघि इंग्ल्यान्ड र न्युजिल्यान्डबीच एकदिवसिय विश्वकप फाइनलमा प्रतिस्पर्धा गरेका थिए । इंग्ल्यान्डले सुपर ओभर पनि बराबर भएपछि बाउन्ड्री काउन्टको आधारमा उपाधि जितेको थियो । न्युजिल्यान्ड उक्त फाइनलमा बेहोरेको पिडाको बदला लिन चाहन्छ । एजेन्सी 



Share:
Reaction :
ताजा समाचार
खेलकुद