टेलिभिजनमा प्रसारण हुने गरि ‘ब्याटल भूमि’ को घोषणा, विजेतालाई ५ लाख पुरस्कार


खबरस्टोरी संवाददाता
९ असार २०७९, बिहीबार
टेलिभिजनमा प्रसारण हुने गरि ‘ब्याटल भूमि’ को घोषणा, विजेतालाई ५ लाख पुरस्कार
काठमाडौं। र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच' चर्चित पछि यसको निर्माण समूहले नयाँ र्‍याप रियालिटी शो ‘ब्याटल भूमि’को घोषणा भएको छ। सोही टिमले बुधवार एक कार्यक्रमका बीच नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’को औपचारिक घोषणा गरेको हो।

‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागी हुन सक्नेछन्। हिजोदेखि सुरू भएको डिजिटल अडिसन २ जुलाईसम्म खुल्ला रहने उक्त निर्माण पक्षले जनाएको छ।

सहभागी हुन चाहनेले नेपाल र्‍यापको वेबसाइटमा गएर डिजिटल अडिसन दिन सक्नेछन्। डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेटभन्दा माथिको भिडियो पठाउनु पर्नेछ।

साउनबाट ओे.एस.आर डिजिटल र डि म्युजिक टेलिभिजनबाट प्रसारण हुने शो'मा विजेतालाई ५ लाख नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ।

सुदिप पोख्रेल र  रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् ।  'ब्याटल भूमि'मा जजको रूपमा मानस घले , कवि जी रहेका छन् भने अर्का एक जजको खोजी भइरहेको छ ।