‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागी हुन सक्नेछन्। हिजोदेखि सुरू भएको डिजिटल अडिसन २ जुलाईसम्म खुल्ला रहने उक्त निर्माण पक्षले जनाएको छ।
सहभागी हुन चाहनेले नेपाल र्यापको वेबसाइटमा गएर डिजिटल अडिसन दिन सक्नेछन्। डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेटभन्दा माथिको भिडियो पठाउनु पर्नेछ।
साउनबाट ओे.एस.आर डिजिटल र डि म्युजिक टेलिभिजनबाट प्रसारण हुने शो'मा विजेतालाई ५ लाख नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ।
सुदिप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । 'ब्याटल भूमि'मा जजको रूपमा मानस घले , कवि जी रहेका छन् भने अर्का एक जजको खोजी भइरहेको छ ।