Media Network

‘तिमीलाई माया’ मा रोमान्टिक मुडमा देखिए सोनाम र मौसमी


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौं।  दक्षिण कोरियामा रहेका कलाकारहरुको सक्रियतामा निर्मित ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ भने यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् । 

उक्त भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ (डार्क एन्जल) र रजनी राईको  अभिनय रहेको छ । युवा प्रेम र आकषर्णलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा माया, प्रेम शंका र सम्बन्ध लाई रचनात्मक तवरले देखाउन खोजिएको छ । 

दक्षिण कोरियाका विभिन्न पर्यटकिय आकर्षण बोकेका ठाउँहरुमा छायाँंकन गरिएको उक्त भिडियोको निर्देशन मौषमी गुरुङ (डार्क एन्जल) ले गरेकी हुन भने सम्पादन विजेश पौडेलले गरेका हुन् । 

भिडियो डेमो क्रियशनको यूट्युब च्यानल बाट सार्वजनिक भएको छ। निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद