Media Network

त्रिकोणात्मक सिरिजको फाइनल खेल आज, नेपाललाई बदलाको अवसर


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

काठमाडौ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपालले पपुवा न्यूगिनी (पिएनजी) सँग  भिड्दै छ ।

 नेपाल–पिएनजीबीचको खेल मध्यान्ह साढे १२ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजको चारवटै खेल जितेर फाइनलमा पुगेको नेपालले  पिएनजीलाई १५ रनले हराउँदै सिरिजको सुरुवात गरेको थियो । 

त्यसपछि दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो । आफ्नो तेस्रो खेलमा फेरी पिएनजीसँग भिडेको नेपालले सो खेलमा ३७ रनको जित हात हासिल गरेको थियो ।चौथो खेलमा नेपालले मलेसियालाई ८५ रनले हराउँदै जितलाई निरन्तरता दिएको थियो  । 

जितको निकट पुगेका नेपाललाई सिरिज जित्ने सुनौलो अवसर मिलेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद