Media Network

त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट ः नेपालले पपुवा न्युगिनीलाई दियो १८४ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौँ । काठमाडौमा शुरु भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई एक सय ८४ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २० ओभरमा १८३ रन जोड्यो ।नेपालका लागि आशिफ शेखले सर्वाधीक ४३ रन बनाए । ओपनर कुसल भुर्तेलले विष्फोटक शुरुवात गर्दै ११ बलमा २० रन जोडेर रन आउट भए ।त्यसपछि रोहित पौडेलले २६ बलमा ३४ रन जोडे । आरिफ शेखले ३१ रन जोड्दा कुसल मल्ल ११ रनमा आउट भए । करण केसीले ७ बलमा १४ रन बटुले भने दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए । लोकेश बम ५ रनमा आउट हुँदा सोमपाल १ रनमा पेभिलियन फर्किए ।

अब पपुवा न्युगिनीले केही बेरमा जवाफी व्याटिङ गर्दैछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद