Media Network

त्रिदेशीय टी-२० सिरिजः नेपालको लगातार दोस्रो जित


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७८,बुधबार

काठमाडौँ ।  त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय सिरिज क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको नेपालको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । 

आसिफ शेखको अर्धशतकको सहयोगमा नेपालले मलेशियामाथि सहज जित निकालेको हो । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियामाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो ।

मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले मात्रै १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा नेपालले लक्ष्य पार गर्यो । 

नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५७ रन जोडे । नेपालका लागि दिलीप नाथले १५ रन बनाउँदा कुशल मल्लले २ रन जोडे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।  

जितसँगै नेपालले दुई खेलमा ४ अङ्क जोडेको छ । पराजित मलेसियाले २ खेलमा २ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो ।  विहीबार पुनः नेपाल पपुवा न्यू गिनी (पीएनजी)सँग खेल्दैछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद