त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १५ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा एक सय ८३ रन जोडेको थियो ।
१ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको पीएनजीले निकै मेहनत गर्दा पनि लक्ष्य भेट्याउन सकेन । अन्तिम सम्म पनि उसले नेपाललाई आछ्छु आछ्छु पारेको थियो । लक्ष्य पछ्याउने क्रममा पीएनजी १ सय ६८ रनमा समेटियो ।
पहिले ब्याटिङ गरेको नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । ओपनर कुसल भुर्तेलले विष्फोटक शुरुवात गर्दै ११ बलमा २० रन जोडेर रन आउट भए । त्यसपछि रोहित पौडेलले २६ बलमा ३४ रन जोडे । आरिफ शेखले ३१ रन जोड्दा कुसल मल्ल ११ रनमा आउट भए । करण केसीले ७ बलमा १४ रन बटुले भने दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए । लोकेश बम ५ रनमा आउट हुँदा सोमपाल १ रनमा पेभिलियन फर्किएका थिए ।
दोस्रो खेलमा मंगलबार पपुवा न्युगिनी र माल्दिभ्सबीच खेल हुनेछ । तेस्रो म्याच बुधबार नेपाल र माल्दिभ्सबीच खेल हुनेछ । छैठौं म्याच शनिवार नेपालले माल्दिभ्सको सामना गर्नेछ ।