पीएनजी काठमाडौंको त्रिवि क्रिकेट मैदानमा मंगलबार मलेसियासँग भएको खेलमा पनि पराजित भएको छ ।
पपुवा न्युगिनी मलेसियासँग आठ रनले पराजित भएको हो । आजको खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १७२ रन समेटियो ।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान गरे । यस्तै, नोर्मान भनुवाले ४५ र कप्तान असद भालाले ११ रन बनाए ।
मलेसियाका सर्विन मुनिएन्डीले चार विकेट लिँदा मोहम्मद वाकिफ र पवनदी सिंहले तीन÷तीन विकेट हात पारे ।
मलेसियाका विरानदीप सिंहले सर्वाधिक ५९ रन बनाएका थिए ।
यस्तै, कप्तान ऐमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए । पीएनजीका नोर्मानले दुई विकेट लिँदा नोसैना पोकनले एक विकेट लिएका थिए ।
सोमबारदेखि सुरु भएको श्रृंखलामा पीएनजी यसअघि नेपालसँग १५ रनले पराजित भएको थियो । त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा बुधबार दिउँसो १२ः३० मा नेपाल र मलेसिया खेल्नेछन् ।