Media Network

त्रिदेशीय टी २० सिरिजः ब्याटिङमा नेपाल, कुशल रनआउट


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौं । नेपाल त्रिदेशीय टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल पपुवा न्यूगिनी (पीएनजी)सँग खेलिरहेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले शुरुवाती खेलमा राम्रो प्रदर्शन गरेका कुशल भुर्तेल रन आउट भएका छन् ।  कुशलले ११ बल खेल्दा १ छक्का र ३ चौकको मद्दतमा ३० रन बनाए । 

अरिफ शेखसँग ब्याटिङ सम्हालेका कुशल आउट भएपछि रोहित पौडेल मैदानमा आएका छन् । 

सन्दिप लामिछानेको कप्तानीमा रहेको नेपाली टिममा आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, किरण केसी, अविनाश बोहरा, आशिफ शेख, दीलिप नाथ, रोहित पौडेल, कुशल मल्ल रहेका छन् । 

नेपाली टिमका कमल ऐरी, लोकेश बम, सागर ढकाल, विवेक यादव, मोहम्मद अदिद आलम वैकल्पिक खेलाडी छन् । आजको टिममा रहेका रोहित पौडेलले एकदिवसीय शृंखलामा शतक प्रहार गरेका थिए । 

दोस्रो खेलमा मंगलबार पपुवा न्युगिनी र माल्दिभ्सबीच खेल हुनेछ । तेस्रो म्याच बुधबार नेपाल र माल्दिभ्सबीच खेल हुनेछ । छैठौं म्याच शनिवार नेपालले माल्दिभ्सको सामना गर्नेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद