कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह साढे १२ बजदेखि शुरु हुने खेलमा नेपालले जित निकाल्ने रणनीतिका साथ मैदान उत्रिदैछ ।
सन्दिप लामिछानेको कप्तानीमा रहेको नेपाली टिममा आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, किरण केसी, अविनाश बोहरा, आशिफ शेख, दीलिप नाथ, रोहित पौडेल, कुशल मल्ल रहेका छन् ।
नेपाली टिमका कमल ऐरी, लोकेश बम, सागर ढकाल, विवेक यादव, मोहम्मद अदिद आलम वैकल्पिक खेलाडी छन् ।
आजको टिममा रहेका रोहित पौडेलले एकदिवसीय शृंखलामा शतक प्रहार गरेका थिए ।
दोस्रो खेलमा मंगलबार पपुवा न्युगिनी र माल्दिभ्सबीच खेल हुनेछ । तेस्रो म्याच बुधबार नेपाल र माल्दिभ्सबीच खेल हुनेछ । छैठौं म्याच शनिवार नेपालले माल्दिभ्सको सामना गर्नेछ ।