Media Network

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

काठमाडौं । युगान्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो पटक नेपाल भ्रमणमा रहेको  युगान्डाले सुरुआती ब्याटिङ गर्नेछ । 

सन् २००७ बाट अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उदाएको नेपाली टिमले घरेलु मैदानमा पहिलो श्रृंखला खेल्न लागेको हो । नेपाल र युगान्डाबीच पाँच टी–२० खेल हुनेछ । खेल ७ जेठसम्म टियु मैदानमा चल्नेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद