‘तीतो सत्य’का चर्चित बाल कलाकार राजले गरे सुनिशासँग बिहे


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
‘तीतो सत्य’का चर्चित बाल कलाकार राजले गरे सुनिशासँग बिहे
काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला तितो सत्यमा बाल कलाकारको भूमिकामा अभिनय गरेका बाल कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईंले मंगलबार लगनगाँठो कसेका छन् ।

एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।

रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरुले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको छ ।

बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ ।