Media Network

दबंग टुर नहुने, सलमान खान नेपाल नआउने


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौ । दशरथ रंगशालामा जेठ १४ गते हुने भनिएको सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ।

ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायतको टिम नेपाल आउन बताइएको थियो ।

आयोजकहरूले जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’को लागि नर्मल ५ हजार, सिल्भर १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँको टिकट बिक्रि बिक्रि गरिसकेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद