Media Network

दुईपटक विवाह गर्दै फरहान अख्तर


खबरस्टोरी संवाददाता

१६ माघ २०७८,आईतवार

काठमाडौं। बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकरले दुईपटक विवाह गर्ने भएका छन् । परिवारका अनुसार उनीहरूले २१ फेब्रुअरीमा अदालती विवाह र अर्को ग्रान्ड विवाह हुनेछ ।

अदालती विवाहमा सीमित व्यक्तिको मात्र उपस्थिति हुने भएपछि फरहानले अप्रिलमा अर्को भव्य विवाह गर्न लागेका हुन् । ‘फरहान र शिबानीले फेब्रुअरीमा कोर्ट म्यारिज गरेपछि अप्रिलमा एक ग्रान्ड वेडिङ गर्ने निर्णय लिएका छन् ।

याे जोडीले पहिले कोरोना महामारी र ओमिक्रोनको बढ्दो खतराका कारण एक सानो विवाहको योजना बनाएका थिए । तर अहिले सबै कुरा नियन्त्रणमा आएको छ । त्यसकारण उनीहरूले स्वास्थ्य मापदण्डको पालना गर्दै भव्य विवाह गर्ने योजना बनाएका छन्’, फरहान निकट स्रोतले भनेको छ ।

फरहान चाँडै नै एक सडक यात्राको कथा रहेको फिल्म ‘जी ले जरा’ लिएर आउँदैछन् । जसमा अभिनेत्री आलिया भट्ट, प्रियंका चोपडा र कैटरिना कैफको अभिनय रहनेछ । भलै प्रियंकाले आमा बनेपछि यो फिल्मबाट हात झिकेकी छन् । फरहान अहिले प्रियंकाको स्थानमा अर्को अभिनेत्रीको खोजी गरिरहेका छन् ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद