शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य दक्षिण अफ्रीकाले १६ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले २०, क्विनटन डी ककले १४ र मार्को जनसेनले १२ रन जोड्दा भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा हार्दिक पाण्डयले ४६ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।
यस जितसँगै भारतले ५ खेलको सिरिजलाई २–२ को स्थितिमा ल्याएको छ ।