Media Network

दक्षिण अफ्रिकासँग भारत सात विकेटले पराजित


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । पाँचौं श्रृंखलाको पहिलो टी–२० अन्तरर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकासँग घरेलु मैदानमा भारत ७ विकेटले पराजित भएको छ ।  

योसँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । बिहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । 

दक्षिण अफ्रिकाको जितमा भान डेर डुसेनले नटआउन ७५ रन जोड्दा डेभिड मिलरले ६४ रनको योगदान गरे ।  

यस्तै, डी प्रेटोरियसले २९, डी ककले २२ रन जोड्दा ववुमाले १० रन जोडे । 

भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।

भारतका इशान किशनले सर्वाधिक ७६ रनो योगदान गरे भने श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६  जोडे । 

दक्षिण अफ्रीकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र  ड्वाने प्रिट्रोरियसले एक एक विकेट लिएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद