Media Network

उपमेयर कप आजदेखि


खबरस्टोरी संवाददाता

५ चैत्र २०७८,शनिबार

काठमाडौँ। बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।  दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।  

निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।  उद्घाटन समारोहपश्चात् हुने पहिलो खेलमा वडा नं ६ र ९ खेल्ने भएका छन् ।  

प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको बताइएको छ । समूह ‘ए’ मा वडा नं ६, ९ र ५ रहेका छन् ।  समूह ‘बी’ मा वडा नं २, ८, ४, ११ छन् ।  चैत ११ गते प्रतियोगिताको फाइनल खेल हुने नगर क्रिकेट समितिले जनाएको छ ।  उपाधि विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।  

प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए।  नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुँदै आएको नगर क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए ।   

यसअघि चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद